Newslaya Home

त्यो आगलागी, जसले ४६ परिवारलाई उठिबास लगायो, (फोटो फिचरसहित)

आइतबार ०४, चैत २०७४

इनरुवा । सुनसरीको बराहक्षेत्र ११ मधुवनमा शनिबार राती भएको आगलागीमा ४६ परिवारका ७० घर नष्ट भएका छन् । एक करोड ३७ लाख बराबरको क्षती भएको प्रारम्भिक मूल्यांकन गरिएको छ । 
राती साढे ८ बजे सुरु भएको आगो ११ बजे तीन वटा दमकलले नियन्त्रणमा लिइसक्दा घरहरु सखाप भएका थिए । घरसँगै ती परिवारका लत्ता कपडा, सामानसमेत जलेका छन् । कति परिवारले विदेशमा कमाएर पठाएका लाखौं रकम समेत जलेर नष्ट भएको गुनासो गरेका छन् । 
आगलागीपछि प्रदेश सरकारका मन्त्रीहरु जगदीश कुसियत र हिक्मत कार्कीले सो क्षेत्रको भ्रमण गरेर राहत उपलब्ध गराउन र पुनस्र्थापनाको लागि पक्की घर बनाउन जोड दिएका थिए । बराह नगरपालिकाका मेयर निलम खनालले समेत आगलागी पीडितको अस्थायी बसोबासलाई व्यवस्थित बनाइने बताएका छन् । हेरौं, आगलागीपछिका तस्वीरहरु :