Newslaya Home

चतरामा प्रदेश सरकार प्रमुखहरुको योगाभ्यास (फोटोफिचर)

बिहीबार ०७, असार २०७५

सुनसरी । सधैं मञ्चमा शान्त र चुपचाप देखिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विहीबार चतरामा भने स्टेजमै निकै हाउभाउमा देखिए । 

उनी कहिले हात हल्लाउँथे त कहिले खुट्टा । बसेर कम्मर र जिउसमेत हल्लाउँदै थिए । उनीमात्र होइन, मन्त्रीहरु जीवन घिमिरे, जगदीश कुसियत, हिक्मत कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोख्रेलसमेत कम्मर मर्काउँदै गरेका देखिए ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सुनसरीको चतरामा योग तथा आयुर्वेदका ज्ञाता कृष्णदासजी महाराजको आश्रममा गरिएको कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीलगायतले योग गरेका हुन् । कार्यक्रममा उनीहरुले चतराको विकासको लागि लागिपर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

कृष्णदासजी महाराजले चतरामा आयुर्वेद विश्वविद्यालय बनाउन पहल गर्न प्रदेश सरकारसँग आग्रह गरेका थिए । उनले कृषि र जडीबुटीको खेतीलाई प्रबद्र्धन गर्न सके युवाहरुले रोजगार पाउने समेत बताए ।














 

​चतरामा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न माग, प्रदेश १ मा योग तथा परम्परा चिकित्सा पढाइने