Newslaya Home

इटहरीमा यस्तो देखियो सपथग्रहण कार्यक्रम

मङ्गलबार २४, साउन २०७४

सुनसरीको इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरसहित वडाध्यक्ष र वडा सदस्यहरुको सपथग्रहण आइतबार गरिएको छ । निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा १०२ जना पदाधिकारीले सपथ लिएका थिए । निर्वाचन अधिकृतले मेयर, उपमेयर र २० जना वडाध्यक्षहरुलाई सपथ खुवाएका थिए भने मेयर र उपमेयरले बाँकी वडा सदस्यहरुलाई सपथ खुवाएका थिए ।