Newslaya Home

​युवासंघको श्रमदान हेर्न पुगे पूर्व मन्त्रीसहित एमाले नेताहरु (फोटो फिचरसहित)

बुधबार १४, भदौ २०७४

इटहरी । पूर्व उद्योग मन्त्री महेश बस्नेतलगायत एमाले नेताहरुले इटहरीमा बुढी खोलाको बाढीबाट क्षतीग्रस्त वस्तीको अवलोकन गरेका छन् । श्रावणको अन्तिम सातामा आएको बाढीबाट प्रभावित बनेका इटहरीका पीडितहरुलाई सघाउँदै आएको युवा संघको सहयोग समेत नियालेका छन् । 

राहत वितरण देखि घर निर्माण गर्ने सम्मका काम गर्दै आएको युवा संघ सुनसरीले पछिल्लो समय ‘श्रमदान गरौ’ अभियान नै सुरु गरेर घर बनाइरहेको छ । यसका साथै घर भित्रका सामान झिक्न सघाउने, माटो तथा हिलोहरु सफा गर्ने लगायतका काम सञ्चालन गरिरहेको छ । 

केही दिन अघि मात्र एमाले पोलिट ब्यूरो सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री तथा युवा इन्चार्ज महेन्द्र पाण्डे, युवा संघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत, पार्टी केन्द्रिय बिभाग सदस्य मिना श्रेष्ठलगायतका नेताले बाढीपछिको अवस्था नियाल्दै इटहरी-१० का पीडितलाई भेटेका छन् ।