Newslaya Home

​मिस प्लस टुको उपाधि सिमरनलाई (फोटोफिचर)

मङ्गलबार २७, भदौ २०७४

धरान । विग इभेन्ट नेपालको आयोजना तथा धराने ड्रिङ्किङ वाटरको मुख्य प्रायोजनमा धरानमा आयोजित प्रथम मिस प्लस टु २०१७ को उपाधि काठमाडौको न्युरोडकी सिमरन तुलाधरले जितेकि छन् ।
सिमरनले उपाधिसंगै एम्स मिस पर्सनालिटिको टाइटल पनि जितेकि छन । उनलाई मुख्य निर्णायक सन् २००० कि विजेता उषा खड्कीले ताज लगाइदिएकी थिइन् । सिमरनले ट्रफिको साथमा नगद ४५ हजार रुपैयाँ, लाभा मोवाइल, काठमाडौ लिटल एञ्जल कलेजमा चार वर्षे व्याचलर लेभल छात्रवृत्ती, वराह गिफ्ट ह्यम्पर र ओप्पो गिफ्ट ह्याम्पर पनि पाएकी छन् ।
स्तै धरान–१७ क्षितिज टोलकी विलम राईले फस्टरनर अप र धरान इञ्जिनियरिङ मिस डिसिप्लिनको उपाधि जितिन् । उनलाई कार्यक्रमकी विषेश अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ताज पहिर्याइ दिएकी थिइन् । यस्तै धरान–१७ पट्नालिकी आरति बस्नेतले सेकेन्ड रनरअपको ताज र सोताङ अर्गानिक मिस ट्यालेन्टको उपाधि जितिन् ।
उनलाई शिक्षासेवि खेमकला राईले ताज पहिर्याइ दिएकी थिइन् । फस्ट रनरअपले ट्रफिसंगै नगद २५ हजार रुपैयाँ, डिपो उच्च आर्दश वहुमुखी क्याम्पसमा चार वर्षे व्याचलर लेभल छात्रवृत्ती, वराह गिफ्ट ह्याम्पर र ओप्पो गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । यस्तै सेकेन्ड रनर अपले ट्रफिसंगै नगद १५ हजार रुपैयाँ, मेघा कलेजमा चार वर्षे व्याचलर लेभल छात्रवृत्ती, वराह गिफ्ट ह्याम्पर र ओप्पो गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । 
प्रतियोगिताको अन्य व्यक्तिगत टाइटल अवार्डमा वुढासुव्वा डेन्टल मिस स्माइल मुनाल राई, पिपल सप मिस व्युटिफुल र प्रदिप विष्णु वेस्ट ड्रेसअप सिसम गुरुङ, सगरमाथा मिस फ्रेन्डसिप जानुका राई, नेसनल वेस्ट वल्कको वसन्ति तामाङ, सुलभ मिस फोटोजेनिक उपाधि ममता राईले जितेकी छन् । धरान–८ स्थित सभागृहमा सम्पनन फाइनल चरणका लागि २५ जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गरेका थिए ।


तस्विरः विकास चाम्लिङ राई