Newslaya Home

इटहरीमा अन्तर्राष्ट्रिय रेसलिङ (फोटो फिचरसहित)

मङ्गलबार २८, कार्तिक २०७४

इटहरी । नेपाल रिङ रेसलिङ संघको आयोजनामा दोस्रो अन्तराष्ट्रिय रिङ रेसलिङ टूर्नामेंट इटहरीमा भएको छ । 
यो कार्यक्रम राजधानी बाहिर पहिलो पटक भएको हो । टूर्नामेंट इटहरी नगरपालिका नजिकको जनता मा. विको खेल मैदानमा भएको हो । 
उक्त टूर्नामेंटमा आठ देशका २१ जनाको सहभागिता रहेको थियो । रेसलिङमा चार जना महिला र अन्य पुरुषको सहभागिता रहेको थियो । त्यस्तै, खेलाडीमध्ये नौ जना विदेश मुलुकबाट रहेका थिए । 
उक्त टूर्नामेंटलाई इटहरीको जागृती क्लबले स्थानीय रुपमा आयोजना गरेको हो । खेलमा विभिन्न प्रकारका रेसलिङहरु देखाइएको थियो ।