Newslaya Home

मकै खानुका फाइदा

मङ्गलबार १७, साउन २०७४

शरीरलार्इ आवश्यक पर्ने पोषणतत्वका साथै सबै प्रकारका मिनरलहरू मकैमा पाइन्छन् । मकैलाई पौष्टिक आहारका रुपमा लिइन्छ । यसको नियमित प्रयोगले शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।
ब्रेकफास्ट, लंच र डिनरका साथै स्नैक्सका रूपमा मकैलाई प्रयोग गरिन्छ । शरीरमा जम्मा भएको अतिरिक्त चिल्लोपना अर्थात कोस्लेस्ट्रोललाई कम गर्न मकैले धेरै सहयोग गर्छ । नियमित मकै सेवन गर्नाले शरीरको तौल कम हुन्छ ।
मकैमा भिटामिन ‘सी’, बायोफ्लेविनोइड्स, कैरोटेनोइड र फाइबर भरपूर मात्रामा पाइन्छ । मकैले कोलेस्ट्रोल कम गरेर, धमनियालाई ब्लाक हुनबाट रोक्ने गर्छ ।
मकैमा पाइने एंटी–ओक्सीडेंट्स र फ्लेवेनोइड तत्वका कारण क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउँछ । फ्री रेडिकलबाट हुने नोक्सानीबाट पनि मकैले बचाउँछ । मकैमा हुने फेरूलिक एसिडले ब्रेस्ट र लिभरको ट्यूमरको आकार घटाउन ठूलो मद्दत गर्छ ।