Newslaya Home

गर्मीमा काँक्रा किन खाने ?

मङ्गलबार १७, साउन २०७४

काँक्रा गर्मी याममा जो कोहीलाइ पनि मन पर्छ । भिटामिन ‘के’ र ‘सी’ मात्रामा काँक्रामा पानी प्रशस्त पाइन्छ । गर्मीमा बढी रुचाइने सलादको रुपमा हामी काँँक्रालाइ निने गर्छौ । होटेल, रेस्टुरेन्टमा मात्र नभई अहिले घर–घरमा काँक्रा सलादको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । तर, काँक्रा सलाद मात्र नभएर छाला र कपालका लागि अत्यन्तै उपयोगी हुन्छ । यसले कपाललाई मजबुत बनाउँछ भने छालालाई नरम पनि बनाउँछ ।
भिटामिनका साथै काँक्रामा म्याग्नेसियम पनि पाइन्छ । काँक्रामा पाइने बिटा करोटिनले कपाल र छालालाई सुन्दर बनाउन मद्दत गर्छ । काँक्रामा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले यसको नियमित सेवनले मानिसको छाला सधँै नरम बनाउछ । छाला नरम भएपछि मानिसमा छिट्टै बुढोपन देखिँदैन । साथै, गर्मीमा हुने डिहाइड्रेसनको समस्यालाई पनि कम गरिदिन्छ ।
काँक्राको रस निकालेर त्यसमा कागतीको रस लगाउनाले घामले डढेर छालाबसेकोे दाग सजिलै जान्छ । तर त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिनु पर्छ ।
यदि गर्मी या अन्य कारणले आँखाको वरपर कालो घेरा बसेको छ भने काँक्रा तपाईंका लागि औषधि हुन सक्छ । यस्तो समस्या भएका वेला काँक्राको सानो टुक्रा दाग लागेको ठाउँमा दैनिक १५ मिनेट राखेमा केही दिनमा दाग हट्छ । काँक्राले छालालाई मात्र नभई कपाललाई पनि सुन्दर बनाउन मद्दत गर्छ । काँक्राकोे जुस बनाएर दैनिक एक गिलास पिउँदा कपालमा चमक आउनुका साथै कपाल झर्ने समस्या पनि समाधान हुन्छ ।
यसरी हरेक तवरबाट उपयोगी तथा प्रभावकारी मानिएको फल काँक्रालाई गर्मीमा नियमित सेवन गर्नु आवश्यक हुन्छ ।