Newslaya Home

सृष्टि भट्टराई

मङ्गलबार २४, साउन २०७४

केन्द्रिय प्रविधि क्याम्पस धरानमा भू विज्ञानको स्नातक दोस्रो वर्षमा अध्ययनरत् १८ वर्षकी सृष्टि भट्टराईको रुची मोडलिङमा हो । हुन त उनी युवा उद्यमी पनि हुन् । तर पढाइ, उद्यमका बिचमा पनि उनी मोडलिङमा रुची राख्छिन् । उनले मिस ग्लाम ७ अन्तर्गत् फेसबुकमा भएको फोटो कन्स्टेन्टमा सहभागि भएकी थिइन् भने २०१६ को मिस टिनमा समेत उनले भाग लिइन् । रेडियो नेपालमा एक साता रेडियोसम्बन्धि प्रशिक्षण लिएकी उनी पढाइ र काममा व्यस्त छिन् । तर मोडलिङबाट समेत बचेको समयमा उनी स्टेज कार्यक्रम सञ्चालनमा रुची राख्छिन् । भविष्यमा भूवैज्ञानिक बन्न चाहने सृष्टिको लागि उद्यम उद्देश्य हो भने मोडलिङ रुची मात्र हो । तर मोडलिङमा पनि उनी करिअर खोज्न सक्ने देखिन्छिन् । 
हेरौं, न्यूजलयका लागि सुवर्णशमसेर विष्टले खिँचेका तस्वीरहरु :-