Newslaya Home

​अनौठो भेट

-निर्दोष आशु
बुधबार २७, मङि्सर २०७४

सब्जी सकिएको थियो कोठा पुरै आमहड्तालमा अनसन बसेको जस्तै लागिरहेथ्यो, रित्ता भाडाकुडाहरुले पनि मै तिर हेरेर गिज्याइरहेथे, अफिसबाट भर्खर आएर थकित ज्यानलाई असरल्ल पछारेको थिए, आन्द्राभुडि जम्मै खाना देको नारा लगाएपनी अल्छी गर्दै सिरानिमुनी हात घुसारेर चुरोट निकालेर सल्काए, के पकाउनु आजको छलफल मनमा चलाउदै मन नलागी नलागी म झोला चेपेर बाहिर सडकमा निस्के ।
साझ छिप्पिदै थियो साघुरो गल्ल्ली हुँदै म कलकींको फुटपाथमा आइपुगेको बल्ल थाहा भो जब हातको चुरोटको ठुटाले झ्वास्स पोल्यो । ल दाइ आयो आयो ताजा काउली गोलभेडा चिच्याउदै थियो एउटा केटो । हेर्दा सानै तर बोल्नमा तगडा केटोले फिजाएको सब्जी केलाउन छान्न थाले । चाहिने सरसमान किनेर फर्किनै लाग्या थे एक्कासी ठूलो पानी पो दर्किन थाल्यो । फुटपाथ पसलेहरु सबै भागाभाग भएर एक्कै छिनमा छेउछाउका सटर मुन्तिर गुजुल्टिन पुगे ।
म पनि ओत खोज्दाखोज्दै निथ्रुक्क भिजे, बल्लतल्ल एउटा सटरको मुन्तिर टाउको लुकाए । पानी रोकिने नामोनिशान थिएन । जाडो पनि बिस्तारै बाक्लिदै थियो । त्यहीबेला एउटि युवती पनि त्यही मेरै छेउमा आइपुगी । हुन त उस्को हातमा छाता पनि थियो तर हावाहुरीसङै बर्सेको दर्के झरिले थेग्न नसकेर होला छाताका करङ फर्काइदिएछ्न्, ऊ निहुरेर छाताको करङ सोझ्याउनमै ब्यस्त थि, क्यान आइ हेल्प यु भन्न मन नलागेको पनि होइन तर अपरिचित संग कसरी बोलिहाल्नु भन्ने संकोचले मेरो जिब्रो च्याप्पै अठ्यायो, उसले सकिन हार खाइ र गुज्मुज्याएर रिसले कुममा झुन्डिएको ठूलो हाते ब्यागमा कोची र सतर्क अवस्थामा उभिइ ।
लोडसेडिङ निलिरहेको थ्यो अझै राजधानिले, बेला बेलामा चट्याङ सहितको बिजुली चम्किदा म उस्लाइ देख्थे सेतो कुर्ता सलवार लगाएकी, लामो केश गहुगोरि तर पानीले उस्को मेकअप जम्मै पखालेर अलि डरलाग्दी नै देखिएको थियो गाजल बगेर चिउडोबाट तप्किदै थियो ।
बत्ती नि आयो तर पानी रोकिने छाट थिएन, आधा घन्टा भैसकेको थियो, गोजि छामेर सिगरेटको बट्टा झिके लगभग सल्काउनै नमिल्ने अवस्थामा पुगेछ्न् भिजेर । तरपनी जाडोको तलतल मेटाउन ओठमा तपाईं चिन्नुहुन्छ र मलाइ ? मेरो प्रतिउत्तरमा उ मज्जाले हासीलौ क्षितिजलाई नचिन्ने पनि यो शहरमा कोइ छ र ? अलि कति हासोलाई रोक्न खोज्दै उस्ले भनी । भनेपछि तपाइको शहरमा म यत्ती धेरै बदनाम छु र ? लौ साहित्यकार ज्यु सङ म बिचरिले नसक्ने भए भन्दै पानी रहे न रहेको मात्रा जाच गर्न हात पसारीए पानी त कम भएछ जाउ उ त्या पर  पसलमा तातो चिया गर्दै बात मारम्लामैले हुन्छको भावमा स्वीकृतिजनक मुन्टो मात्र हल्लाए । सिमसिम पानी परिरहेको थियो, बाटो छेउछाउका खाल्डाखुल्डीहरु पानी भरिएर ताल भएका थिए, मोटरसाइकल र गाडिले हिलो छ्याप्दै अगाडि बड्दै थिए, थाहा छ ? मलाइ पानी मा भिज्दै हिड्न खुब मज्जा लाग्छ भन्दै दुबैहात र टाउको आकाशतीर तेर्स्याइ । अजिब अजिब कुराहरु भित्र लुकेका हुदारान मान्छेको खुशिहरु मनमनै सोचे।म भने भिजेको लुगामा अझै लुगलुग कामिरहेको थिए ।
कलकीं साझको समयमा अत्ति नै ब्यस्त हुन्छ, पानी थामियो, मान्छेहरु मुसो दुलाबाट निस्केझै फेरि छरिन थाले, बाटो, पसल आकासे पुल सबै ढाकियो, फुटपात पसलेहरु फेरि चिच्याउन थाले । हामी आकाशे पुल मुनिको एउटा चिया पसल मा छिर्यौ । दिदी खोइ दुई कप च्या बनाउनु त बेन्चमा बस्दै मैले अर्डर गरे । उ पनि बसिसकेकी थि, हाते ब्याग खोतलेर उस्ले सानू ऐना र रुमाल झिकेर लत्पतिएको सृङार पुछ्न थाली म भने सिगरेट सल्काएर टेवलमा छरिएको पत्रीका हेरेजस्तो गरे ३ दिन पुरानो अन्नपूर्ण पोस्ट रहेछ । अनि तपाईले मलाई कहाँ चिन्नुभको लौ अब क्लियर भन्नू त मैले प्रश्न सोझ्याए ! उस्ले मेरो रचना पत्रपत्रीकामा पढेकी रैछ साप्ताहिक रुपमा छापिने मेरो आलेखको त उ फ्यान नै भएको बताइ । चिया आइपुग्यो हामी चुस्की लिन थाल्यौ अनि तपाईंको पनि परिचय पाउ न मैले १ घन्टादेखि मै सङ बात मारिरहेकी अपरिचितलाइ भने उस्को नाम प्रकृति रहेछ घर भोजपुर जिल्ला, पढाइको सिलसिलामा राजधानी छिरेकी उ साइकोलोजी को विद्यार्थी रहिछ ।
चियाको अन्तिम सुर्को रित्तिएछ गफैगफमा अब उठौ है भन्दै उस्ले पर्स बाट पैसा झिकी । हैन हैन म दि हाल्छु नि पछाडिको पोकेटबाट पर्स झिक्दै मैले भने । होइन आज मै तिर्छु साहित्यकार ज्यु सगको यो चिया यादगार बनाउनु छ भन्दै साउनिको हातमा पैसो थमाइदिइ उस्ले र बाहिर निस्कियौ हामी । तपाईं लेख्नुको अलावा के गर्नु हुन्छ नि ? फेरि सोधी उस्ले । म छापाखाना मा प्रुफ रिडरको काम गर्छु बचेको समयमा लेख्छु बस् अरु केही गर्दिन । सातदोबाटो, बल्खु कोटेस्वर, कोटेश्वरमाइक्रो को फुच्चे भाइ करायो । ल है त साहित्यकारज्यु गाडी आयो म चडे, बल्खुमा बस्छु भन्दै माइक्रोभित्र हुलि आफूलाई । मैले हुन्छ पनि भन्न सकिन हुँदैन पनि भन्न सकिन बस हेरिरहे माइक्रो तेज रफ्तारमा हुइकियो र आखाबाट ओझेल भयो ।
समाप्त

1 प्रतिकृयाहरू प्राप्त
  • Sarita panthiलेख्नुहुन्छ
  • |
  • बिहीबार ०६, पुष २०७४ ०७:०४
छोटो र मिठो कथाराम्रो प्रयास साथी