Newslaya Home

​अब टेलिकमले पनि आफ्ना ग्राहकलाई ब्यालेन्स सापटी दिने

सोमबार २२, माघ २०७४

काठमाडौं । नेपाल टेलिकमले जिएमएस प्रिपेड मोबाइल ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ ।
१४ औं वार्षिकोत्सव अवसरमा ‘नमस्ते क्रेडिट’ नाम दिएर टेलिकमले यो सेवा सुरु गरेको हो । 
सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकमको वार्षिकोत्सवमा यो सेवाको सुरुवात गरेका छन् ।
उक्त सेवामार्फत् प्रिपेड ग्राहकले फोन गर्दागर्दै पैसा सकिएमा पुनः रिचार्ज नगरी नै कुराकानीलाई निरन्तरता दिन सक्नेछन् । ग्राहकले पैसा सकिएपछि कुरा गरेको समय बराबरको रकम भने पछि रिचार्ज गर्दा काटिनेछ ।
वार्षिकोत्सव अवसरमा ‘सफ्ट लञ्च’ गरिएको यो सेवाको एक महिनाभित्र पूर्ण कान्यन्वयन हुने बताइएको छ । सापटी सेवा कति रकमसम्मको तोक्ने भन्ने निश्चित भइसकेको छैन ।
प्रतिस्पर्धी कम्पनी एनसेलले यस अघिदेखि नै यस्तो सापटी सेवा सञ्चालन गर्दै आएको छ ।