Newslaya Home

​के तपाईलाई ‘घुर्ने’ समस्या छ ? यसो गर्नुहोस्

सोमबार २२, माघ २०७४

कतिपय मानिसलाई सुत्ने क्रममा घुर्ने समस्या हुन्छ । यस्तो समस्यालाई घरेलु उपचारमार्फत समाधान गर्न सकिन्छ । सुरुवाती दिनमा कसैलाई घुर्ने समस्या छ भने तल दिइएको उपाय अपनाएमा उपचार हुने आयुर्वेद चिकित्सकहरूको दावी छ । सँगै सुत्ने व्यक्तिलाई घुर्ने व्यक्तिका कारण अत्यन्तै तनाव लिनुपर्छ । घुर्ने समस्यालाई चिकित्सिकहरूले मुटु रोगसँग सम्बन्धित रहेको बताउने गरेका छन् । 

लसुन : लसुन अत्यन्तै गुणकारी मानिन्छ । नाकबाट सास लिन समस्या भएका बेला लसुनको प्रयोगले त्यसलाई सहज बनाइदिने गर्छ । लसुनको पोटी पानीमा भिजाएर त्यसको रस नियमित पिउँदा त्यसले घुर्ने व्यक्तिलाई उपचारमा मद्दत गर्छ ।

पुदिनाको तेल : पुदिनामा धेरै महत्वपूर्ण तत्व हुन्छन् । जसले हाम्रो नाकका छिद्रहरूलाई क्रियाशील बनाउन सहयोग गर्छन् । पुदिनाको तेल तातो पानीमा २–३ थोपा राखेर त्यसको बाफ लिँदा नाकमा भएका समस्याहरू हट्ने गर्छन् । बाफ केही दिनसम्म नियमित रुपमा लिनु पर्छ । 

अलैँची : अलैँचीको प्रयोगले खोकी र चिसो हटाउन मद्दत गर्छ । अलैँचीको प्रयोगले श्वसन प्रणालीलाई खोल्ने काम गर्छ । अलैँचीको नियमित प्रयोगले सास फेर्नका लागि सहज बनाउँछ । राति सुत्नुअघि अलैँचीलाई मनतातो पानीमा भिजाएर पिउने गर्नाले पनि घुर्ने समस्याको समाधान हुन्छ । अलैँचीको प्रयोग सुत्नु भन्दा ३० मिनट अगाडि गर्नुपर्छ । 

बेसारको प्रयोग : बेसारमा एन्टीसेप्टी र एन्टीबायोटिक गुण हुन्छ । बेसारको प्रयोगले नाकलाई सफा गर्न सहयोग गर्छ । सास लिन सजिलो हुन्छ । रातिमा सुत्नुअघि प्रत्येक दिन बेसारलाई दूधमा मिसाएर पिउने गर्दा पनि घुर्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।