Newslaya Home

१ सय ३० पत्नीका पतिले छाडे संसार

बुधबार २४, माघ २०७४

१ सय ३० जना पत्नी र २ सय ३ जना छोराछोरी भएका एक चर्चित व्यक्तिले संसार छाडेका छन् । 
नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको ९३ वर्षको उमेरमा गत जनवरी २८ मा मृत्यु भएको छ । 
उनको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ थियो । तर यो संख्या उनको निधनपश्चात् केही बढ्न सक्छ । किनकी उनका केही पत्नीहरु अहिले गर्भवती छन् ।
पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबूबकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउँथे । आफुलाई इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको उनको दाबी थियो ।
कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिह गर्न सक्छ भन्ने कुरा कुरानमा लेखिएको छ भनेर उनले दाबी गर्थे ।
अबूबकरका अनुसार पुरुषले कुनै दुःख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।
उनको यस्तो क्रियाकलाप तथा भनाईका कारण अन्य मुस्लिम धर्मगुरुहरुले उनको आलोचना समेत गरेका थिए । उनका जिवित रहेका ८६ पत्नमध्ये तत्कालै ८४ जना सँग डिभोर्स गर्न समेत दबाब दिइएको थियो । तर उनी गलेनन् ।
पछिल्लो केही समयदेखि उनी बिरामी थिए ।  उक्त बिरामी कै कारण उनको मृत्यु भएको छ । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भए ।