Newslaya Home

​१४ फेब्रुअरीमा यसरी मारिएका थिए भ्यालेन्टाइन

शुक्रबार २६, माघ २०७४

हरेक फ्रेबुअरी १४ मा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाउने गरिन्छ । संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाइन्छ । 
तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए । विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । तर, भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरेका थिए । भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो ।
राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन भ्यालेन्टाइनलाई मारिने घोषणा भयो । त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए ।
भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो । सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन् । र, आज त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ ।
यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै ‘भ्यालेन्टाइन डे’ का नामले चर्चित छ । विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ । उनीहरुले यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा लिन्छन् ।