Newslaya Home

​ गुगलमाथी दुई अर्ब जरिवाना

शुक्रबार २६, माघ २०७४

 काठमाडौं ।  अनलाइन सर्च तथा विज्ञापन बजारमा आफ्नो मजबुत स्थितिको दुरुपयोगका विषयमा दोषी ठहर गर्दै भारतको कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि एक अर्ब ३५ करोड ८६ लाख भारु जरिवाना गरेको छ ।
कन्जुमर युनिटी एण्ड ट्रस्ट सोसाइटीले सन् २०१२ सीसीआईमा गुगल विरुद्ध उजुरी दायर गरेको थियो । सोही उजुरी माथी सुनुवाई गर्दै सिसिआइले यस्तो आदेश दिएको हो । गुगलले प्रतिस्पर्धा विरोधी गतिविधि गरेको तथा अनलाइन सर्चमा आफ्नो बलियो उपस्थितिको दुरुपयोग गर्दै गुगलले सर्चमा पक्षपात तथा हेरफेर गर्ने गरेको आरोप गुगलमाथि लगाइएको छ । गुगलमाथि लगाइएको जरिवाना रकम कम्पनीले सन् २०१३, १४ र १५ मा भारतमा कमाएको  कुल राजश्वको पाँच प्रतिशत हो । सीसीआईले यस मुद्दामा गुगलले दिएको प्रत्युत्तरमाथि  गम्भीर छलफल गरी जरिवानाको निर्णय गरिएको र यो निर्णय सही रहेको जनाएको छ । अनुसन्धानमा सहयोग नगरेको आरोपमा गतवर्ष पनि गुगलमाथि १ करोड भारु जरिवाना गरिएको थियो ।