Newslaya Home

​विश्वसनीय समाचार मात्र बुस्ट हुने

शनिबार २७, माघ २०७४

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गल विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन (बुस्ट) गर्ने घोषण गर्ने भएका छन् ।
जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई मात्र प्राथमिकता दिइने घोषणा गरेका हुन् ।
‘भरोसायोग्य प्रकासनलाई मात्र प्राथमिकता दिनेछौं । जुन प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ ’
मार्कले भनेका छन् ‘यो परिवर्तन भने न्यूज फिडको क्रममा देखिनेछ ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा गरेपछि मात्र अन्तर्रा्ष्ट्रियस्तरमा लागु गरिनेछ ।
त्यस्तो समाचार पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक छ भने त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ ।
यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने मार्कको विश्वास छ ।