Newslaya Home

​जान्नुहोस् कस्ता व्यक्तिले खानुहुँदैन माछा

आइतबार २८, माघ २०७४

माछामा पाइने प्रोटिन र भिटामिन–डीले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ । तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक पनि हुन सक्छ ।
माछामा पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (ःभचअगचथ) पनि पाइन्छ । जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ । जान्नुहोस् कस्ता व्यक्तिका लागि हानिकारक हुन्छ माछा :
१. माछा खान नजान्नेका लागि
माछा खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, किनभने माछामा हुने काँडाको कारण कतिपयको ज्यान समेत गइसकेको छ । त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ । तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ । कुनै–कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ । त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

२. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि
माछामा प्रशस्त मात्रामा प्रोटिन पनि पाइन्छ । सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ । तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ ।
तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ । यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तैः यूरीया, अमोनिया र अमिनो एसिड ।
अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ । यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन ।
त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ । बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन् ।

३. पेटको समस्या भएकाहरूका लागि
माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो । हुन त, माछाको मासुमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ । त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन–डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ । तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ ।

४. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ । यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ ।
जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ । यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ । विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ । नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन ।

५. मधुमेह भएकाहरूका लागि
अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ । माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ । तर कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ । कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ । कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ । 

६. मोटोपना भएकाहरूका लागि
हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुन–कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ ।