Newslaya Home

​नेपाल आइडलका राहुलको गीत सार्वजनिक (भिडियोसहित)

आइतबार २८, माघ २०७४

काठमाडौं । चलचित्र पन्चेबाजाको ‘म केही बोलु या चुपचाप बसु’ बोलको गीत युटुवमा सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युटुव च्यानलमार्फत आइतबार गित सार्वजनिक गरिएको हो । 
नेपाल आइडलका गाला राउन्डबाट आउट भएका राहुल बिश्वासले गीतमा स्वर दिएका छ्न। कालीप्रसाद बास्कोटा द्वारा संगीत दिएको यस गीतमा शब्द भने सबिन एकतारेको रहेको छ । 
राजेश शाही द्वारा निर्मित यस चलचित्रको निर्देशक भने घनश्याम लामिछानेको रहेका छन साथै कोरियोग्राफ भने कविराज गहतराजको रहेको छ । फिल्म पन्चेबाजा भने फाल्गुन ११ बाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।