Newslaya Home

एक अर्बको लगानीमा लौकहीमा बन्ने भो राष्ट्रिय आर्युवेद अनुसन्धान केन्द्र

आइतबार २८, माघ २०७४

इनरुवा । एक अर्बको लगानी रहने राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीमा स्थापना हुने भएको छ ।
सुनसरीको कोशी गाउँपालिका स्थित खुनियाधारमा बन्न लागेको अनुसन्धान केन्द्रले तत्काल गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनबाट कार्य थाल्ने छ ।
कार्यालय स्थापनाकालागि गाउँपालिकाले १० बिगाह जग्गा अनुसन्धान केन्द्रलाई उपलब्ध गराई सकिएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए ।  
लौकहीमा अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले तत्कालबाटै कार्य संचालनमा ल्याउनेगरी आज कार्यालयको उद्घाटन गरेका छन् । 
राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको सुनसरीमा बन्न लागेको प्रादेशिक शाखाकालागि नेपाल सरकारबाट ५ करोड रकम निकाशा भैसकेको अर्थमंत्री कार्कीले बताए ।   
चिन सरकारको सहयोगमा बन्ने अत्याधुनिक सुविधा सम्पन्न आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र प्रदेश नम्वर १ कै नमूना बन्ने मंत्री कार्कीको भनाई छ ।
चुनावी दौडाहामा मतदाता समक्ष गरेको बाचा अनुरुप प्रदेश शाखा स्थापना गर्न लागेको मंत्री कार्कीले बताए ।  
कार्यक्रममा राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले शाखा स्थापना, चिकित्सकिय सेवा सहित पूर्वमा रहेका जडिबुटीको अध्ययन र अनुसन्धानकालागि कोशेढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे ।