Newslaya Home

​एमालेले समानुपातिक सांसद्को सूची आयोगमा बुझायो

विजय सुब्बा र मोतीलाल दुगडको नाम थपियो
आइतबार २८, माघ २०७४

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकबाट सांसद बन्ने ४१ जनाको सूची निर्वाच आयोगमा बुझाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकबाट एमालेले सांसद बन्नेहरुको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको हो । 
एमालेले पाएको सिट संख्या अनुसार समावेशी समूह मिलाएर आयोगले तोकेको बन्दसूची अनुसार नाम पेश गरिएको हो । राष्ट्रिय सभामा एमालेबाट ११ जना महिला विजयी भएपछि एमालेबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा २ जना पुरुष थपिएका हुन् । थपिनेहरुमा आदिवासी जनजाति पुरुबाट विजय सुब्बा र मधेसी पुरुषको तर्फबाट मोतीलाल दुगड सांसद रहेका छन् ।
यसअघि एमालेले ३९ जना महिला र २ जना पुरुषको नाम पठाएकोमा राष्ट्रिय सभाको निर्वाचनपछि २ जना महिलाको नाम काटेर २ जना पुरुषको नाम थपिएको हो । दुई पुरुष थपिएपछि महिलातर्फ खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम अन्तिममा काटिएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभामा गरि ३३ प्रतिशत महिला पुर्याउनु पर्ने भएकाले सुरुमा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ जना मात्र पुरुषको चयन गरेको थियो । तर राष्ट्रिय सभा निर्वाचनबाट ११ जना महिला विजयी भएपछि एमालेले २ जना महिलाको नाम काटेर पुरुषको नाम थपेको हो । 
एमालेले छानेका ४१ जना समानुपातिक सांसद् यसप्रकार छन् ।