Newslaya Home

​विद्युतीय स्कुटर दर्ता नगरी चलाए ५ हजार जरिवाना

सोमबार २९, माघ २०७४

काठमाडौं ।  पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका विद्युतीय स्कुटर र मोटरसाइकल बढ्न थालेपछि सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।
दर्ता नै नगरेका सवारीले दुर्घटना गराएको अवस्थामा कारवाही गर्न र भागेका अवस्थामा खोज्न सम्भव नभएकाले दर्ता नगरी प्रयोग गरीने सवारी साधनलाई सरकारले कडाइ गर्न थालेको हो ।
सहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विद्युतीय स्कुटर र मोटरसाइकल अनिवार्य दर्ता प्रक्रियामा ल्याउने यातायात व्यवस्था विभागको तयारी रहेको छ ।
दुई वर्ष अगाडिबाटै दर्ता प्रक्रिया सुरु भए तापनि प्रभावकारी नभएको भन्दै विभागले कडाइका साथ दर्ता प्रक्रिया अगाडि बढाउन लागेको हो ।