Newslaya Home

‘फुड फेस्टिभल सफल’

सोमबार २९, माघ २०७४

इटहरी । इटहरीमा गरिएको १० दिनको फुड फेस्टिभल सफल भएको आयोजकले जनाएको छ । ६० हजार बढी मानिसले अवलोकन गरेको मेलामा ९० लाख बराबरको कारोबार भएको आयोजक समाज विकासका लागि युवाका अध्यक्ष मनोज भुजेलले जानकारी दिए ।
टुबोर्ग र बिगमास्टरको प्रायोजनमा भएको मेलामा होटल व्यवसायी संघ सहयोगी भुमिकामा थियो । 
नेपाल पर्यटन बोर्ड, इटहरी उपमहानगरपालिका लगायत संस्था प्रबद्र्धक रहेको मेलामा खाद्य परिकारहरु विशेष आकर्षणको रुपमा थिए । गुरुङ र नेवारी परिकारका स्टलमा आगन्तुकहरुको विशेष भीड लागेको थियो ।
यस्तै मह, अचार, घिउ, अल्लोको कोटलगायत घरेलु उत्पादनको बिक्रीसमेत राम्रो भएको आयोजकले जनाएको छ । स्थानिय गोरखा बेकरी, पुर्वाञ्चल आइसक्रिम पार्लर, चमेना फाल्चाले पनि राम्रो ग्राहक पाएका थिए ।
फेष्टिबलमा राखिएको बन मान्छेको प्रतिमा विशेष आकर्षणको रुपमा रहेको थियो । उक्त प्रतिमासँग पाँच हजारभन्दा बढिले सेल्फी खिचेको बताइएको छ । मूर्तीलाई अशेष तिम्सिनाले बनाएका थिए । 
मेलासँगै आयोजना गरिएको साँगीतिक कार्यक्रममा प्राश्ना शाक्य, श्रेया सोताङ, अल्मोडा राणा उप्रेती, ज्योति मगर, प्रमोद खरेल, राजनराज सिवाकोटी, कमल खत्री, लाउरे, कालीप्रसाद बाँस्कोटा, रविन दहाल, समिर घिसीङ, अन्जु गौतम, गंगा बरदान, श्रीकृष्ण लुइटेल, पल लिम्बु जस्ता कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिहानी डान्स सेन्टरको नृत्यलेसमेत मनोरञ्जन दिएको थियो । राम्रो फुड फेष्टिभल आयोजना गरेको भन्दै नेपाल पर्यटन बोर्डले हरेक वर्ष फेष्टिबलका लागि एक लाख रुपैया बजेट छुट्याउने जनाएको छ ।