Newslaya Home

अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुनेः ओली

सोमबार २९, माघ २०७४

काठमाडौं । विकास र समृद्धिका लागि प्रयोेग र परीक्षण गर्ने समय नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको उद्घाटन गर्दै ओलीले देशको आकांक्षा, आवश्यकता र योजना विकास एवं समृद्धि नै भएको बताएका हुन् ।
लगानी गर्न चाहने लगानीकर्ताको फाइल अगाडि बढाउन ढिलासुस्ती गर्ने वातावरण अन्त्य गर्ने उनले बताए । दिगो व्यवस्थापनले नै संघीय संरचनालाई बलियो बनाउन मद्दत पुग्ने भन्दै उनले स्थानीय तहको आर्थिक रुपान्तरण गर्न आवश्यक भएको समेत बताए । नयाँ सरकार गठनको प्रकृया अघि बढिसकेको भन्दै उनले अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुने समेत दाबी गरे ।
विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा गुणस्तर कायम गर्नुपर्ने, विज्ञताको प्रयोग र निजी क्षेत्रको सहयोग आवश्यक पर्ने गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए ।