Newslaya Home

​नवराज सिलवाल दोषी ठहर

सोमबार २९, माघ २०७४

काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल दोषी ठहर भएका छन् । कार्यसम्पादन मूल्यांकन सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएसँगै सिलवालविरुद्ध मुद्दा दायर गरिने तयारी भएको छ ।
एमाले सांसद तथा पूर्वडिआइजी सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ । 
प्रयोगशालाको रिपोर्टबाट समेत  सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रस्ट पारेको छ । लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल झिकाएर परिसरले अनुसन्धान गरेको थियो । सो क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो । 
सिलवालमाथि छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए । फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।
सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन् ।