Newslaya Home

​शहरमा धुँवा फाल्ने गाडि बैशाखदेखि निषेध

सोमबार २९, माघ २०७४

काठमाडौं । शहरी क्षेत्रमा धुँवा फाल्ने गाडिहरु कुदाउन निषेध गरिने भएको छ । बैशाखदेखि लागु हुने गरि
यस्तो नियम ल्याउन लागिएको हो । नगरपालिका भित्र गुड्ने सवारिसाधनमा हरियो स्टिकर अनिवार्य गरिएको छ । सरकारले मुलुकभरका सबै सवारीसाधनमा प्रदुषण जाँचपास गरि अनिवार्य हरियो स्टिकर लिनुपर्ने नियम थाल्ने तयारी गरेको छ । 
आगामी वैशाखदेखि देशभरका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा प्रवेश गर्ने सवारीसाधनले अनिवार्य रुपमा प्रदुषण जाँचपास गरि हरियो स्टिकर टाँस्नुपर्ने व्यवस्था लागु गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले बताए । 
हरियो स्टिकर नलिएका सवारीसाधनलार्इ प्रवेशमा रोक लगाइने भट्टरार्इले बताए ।उपत्यकाभित्र सबै स्थानीय तहमा यो व्यवस्था लागु हुनेछ ।
प्रदुषण जाँच्ने मेसिन नहुँदा र नियम फितलो बन्दा पुर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । जसका कारण थुप्रै प्रदुषण जाँचपास फेल भएका सवारीसाधन गुडिरहेका थिए । 
विभागले अब यसलार्इ विस्तार गरेर पहिलो चरणमा देशभरका मुख्य स्थानीय तहमा र दोस्रो चरणमा देशैभर अनिवार्य गर्ने योजनाका साथ तयारी गरिरहेको भट्टरार्इले जानकारी दिए ।
अहिले विभागसंग तीन वटा मात्रै प्रदुषण जाच गर्ने मेसिन छन् । 
विभागले ४० वटा मेसिनका लागि यस अघि नै टेण्डर आव्हान गरिसकेको छ । आगामी चैत पहिलो सातासम्म मेसिन विभागमा आइपुग्ने छ । त्यसपछि देशभरका मुख्य स्थानीय तहमा हरियो स्टिकर लागु हुने छ । 
डिजेल र पेट्रोलका सवारी साधन जाच्नका लागि छुट्टा छुट्टै मेसिनहरु प्रयोग गर्नुपर्छ । मुख्य स्थानीय तहमा कार्यान्वयनमा आएपछि देशैभरका लागि थप मेसिनहरु खरिद प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । 
दुर्इपाङग्रे सवारीसाधनमा भने यो नियम लागु हुँदैन । किनभने दुर्इपाङग्रेका लागि प्रदुषण जाँच गर्ने कुनै व्यवस्था छैन ।