Newslaya Home

​भिजिबिलिटी कम हुँदा उडान प्रभावित

सोमबार २९, माघ २०७४

काठमाडौं । भिजिबिलिटी कम हुँदा कतार एअरवेज, एअर चाइनाका दुई विमान ,जेट एअरवेज, थाइ एअरवेजसहितका पाँच उडान त्रिभुवन विमानस्थलबाट डाइभर्ट गरिएको छ ।
कतारको दोहाबाट ३ बजेर ३७ मिनेटमा नेपालका लागि उडेको कतार एअरवेजको क्युआर ६५२ कल साइनको  विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको थियो । बिहान साढे ११ मा ल्यान्ड हुनुपर्ने  विमान मौसम खराबीका कारण ल्यान्ड हुन नसकी आकाशमै घुिमरहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलका एक ड्युटी अधिकृतका अनुसार अन्तर्राष्ट्रिय उडानहरूका लागि तीन हजार मिटर भिजिबिलिटी आवश्यक पर्ने , तर अहिले काठमाडौंको आकाशमा करिब दुई हजारमात्रै भिजिबिलिटी छ त्यसैले ल्यान्ड हुन सकेको छैन् ।