Newslaya Home

​अष्ट्रेलियाः वित्तीय क्षेत्रमा ठूलो छानबिन

सोमबार २९, माघ २०७४

बिबिसि । अष्ट्रेलियाका ब्याङ्क तथा वित्तीय सेवाहरूमा हुने गलत कामबारे एउटा महत्त्वपूर्ण छानबिन शुरू भएको छ ।
सार्वजनिक छानबिनसम्बन्धी देशको सबैभन्दा ठूलो निकाय ‘द रोयल कमिशन’ अर्थात् शाही आयोगले वित्तीय क्षेत्रमा हुने भनिएका आरोपित र स्थापित दुर्व्यवहारहरूबारे छानबिन गर्नेछ ।
अष्ट्रेलियाका ब्याङ्कहरूले सेवाग्राहीमाथि शोषण गर्ने र ठूला व्यापारिक निकायहरुसँग मिलेर धोकेबाजी गर्ने जस्ता आरोपहरू झेल्दै आएका छन् ।
अष्ट्रेलियाका ब्याङ्कहरू नाफा कमाउने विश्वका ब्याङ्कहरूमा पर्दछन् ।