Newslaya Home

​उपेन्द्र यादवको पुत्ला जलाइयो, गैह्र हिन्दूलाई मुख्यमन्त्री बनाउन लागेपछि हिन्दूवादीको आन्दोलन

सोमबार २९, माघ २०७४

वीरगन्ज । हिन्दुवादी संगठनले संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । धर्मको नारा लगाउँदै फोरम नेपालका अध्यक्ष यादवको पुत्ला जलाएपछि वीरगञ्जमा तनाव सृजना भएको छ ।
फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको हो । प्रदर्शनकारीहरुले हिन्दुविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । 
फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । 
प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दुको साटो मुसलमानलाई मुख्यमन्त्री बनाउन लागेको भन्दै विरोध गरको हो ।
‘मधेस आन्दोलनमा एकजना मुस्लिम बाहेक बाँकी सबै ९५ जना हिन्दुहरुकै छोराहरु सहिद भएकोसमेत आन्दोलनकारीहरुले टिप्पणी गरेका छन् । 
यसअघि गत शुक्रबार रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरेर विश्व हिन्दु परिषदले प्रदेश २ मा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाइए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।