Newslaya Home

​केपी र प्रचण्डबारे जनार्दन शर्माले खोले यस्तो रहस्य

सोमबार २९, माघ २०७४

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबै जना प्रमुख बन्ने भएका छन् । 
सोमबार माओवादी केन्द्रका नेता जनार्दन शर्माले बाम गठबन्धनका नेता बीच भएको छलफलमा दुवैलाई सह–अध्यक्ष बनाउने सहमति गरेको खुलासा गरेका हुन् ।
शीर्ष नेताहरुको छलफल पछि झापा पुगेका शर्माका अनुसार संसारका धेरै देशहरुमा सह–अध्यक्षले पार्टी चलाएको उदाहरण रहेकाले पनि महाधिवेशन सम्म सह–अध्यक्षले पार्टी संचालन गर्ने छन् ।
शर्माले बाम एकतालाई केपी–प्रचण्ड मोडल भनेका छन् । अब बन्ने पार्टीले आर्थिक क्रान्तिको बाद अबलम्बन गर्ने भन्दै उनले देशको आर्थिक विकास गर्न नै पार्टी एकता गर्न लागेको बताएका छन् ।