Newslaya Home

​शेरधनलाई मुख्यमन्त्री बनाउन दाबी पेश

सोमबार २९, माघ २०७४

इटहरी । वाम गठबन्धनले प्रदेश नम्बर १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामू दावी पेश गरेको छ । एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङ्बुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै सोमबार प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईलाई छुट्टाछुट्टै पत्र हस्तान्तरण गरेका छन् । 
अब फागुन २ गते प्रदेश प्रमुखको कार्यालयको तर्फबाट औपचारिक रुपमा मुख्यमन्त्रीको पत्र हस्तान्तरण हुने र ३ गते शपथ ग्रहण हुने बताइएको छ ।  पत्र हस्तान्तरण गर्दै माओवादी नेता आङ्बुहाङले एमालेलाई समर्थन गरेको पत्र आफूहरूले बुझाएको बताए । दुवै दलले संसदीय दलको नेता चयन गरेको विषयलाई पनि पत्रमार्फत प्रदेश कार्यालयलाई जानकारी दिएको छ । बहुमत प्राप्त दलको सिफारिसमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ र माओवादी १६ गरी गरी ६७ जना गरी २ तिहाइ मत छ ।