Newslaya Home

​माओवादीले छान्यो १७ समानुपातिक सांसद्

सोमबार २९, माघ २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरुको नामको सूची टुंगो लगाएको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यालय बैठकले १७ जना प्रतिनिधिसभा समानुपातिक सदस्यको नामको सूची टुंगो लगाएको हो । निर्वाचन आयोगले सोमबारसम्मका लागि दिएको समय अनुसार माओवादीले नाम टुंगो लगाएर आयोगमा बुझाएको छ । 
माओवादीबाट १ मात्र पुरुष समानुपातिकबाट सांसद बन्ने भएका छन् । जसमा हितराज पाण्डेको नाम सिफारिस गरिएको छ । १६ महिला सांसदमा पूर्व सभामुख ओनसरी घर्तीदेखि पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीसम्म सिफारिसमा परेका छन् । त्यस्तै, नेतृ जयपुरी घर्ती पहिलोपटक सांसद बन्ने भएकी छन् । माओवादीबाट १६ जना महिला र १ जना पुरुष समानुपातिक सांसद भएका छन् । 
खस आर्य : पुरुष हितराज पाण्डे 
खस आर्य महिला : पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल र सत्या पहाडी 
मधेसी महिला : इन्दु शर्मा, वोधमाया यादव 
दलित महिला : अन्जना विशुंखे, दुर्गा विक
आदिवासी जनजाति महिला : जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा सुवेदी र अमृता थापा 
थारु महिला : रामकुमारी चौधरी 
मुस्लिम महिला : शेखतारा चाँद