Newslaya Home

सामाजिक सञ्जालमा भाइरल भइन यी युवति

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । केही दिन अधि सामाजिक सञ्जालमा एउटा भिडियो निक्कै भाइरल बनेको छ । त्योभन्दा कयौं गुना तीव्र गतिमा भाईरल भइरएकी छन् भिडियोमा देखिएकी एक युवति । 
सामाजिक सञ्जालमा भाइरल भएकी युवति हुन् प्रिया प्रकाश वरियर । प्रिया मलयालम फिल्म ‘ओरु अदार लव’ बाट फिल्ममा डेब्यू गर्न गइरहेकी छिन् । इन्टरनेटमा भाईरल भइरहेको भिडियो पनि यसै फिल्मको गीत हो । 
१८ वर्षिया प्रियाको जन्म केरलमा भएको हो । हालै ‘ओरु अदार लव’ मा समावेश गीतको एक भिडियो क्लिप अहिले सामाजीक सञ्जालमा भाईरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रियाको ‘एक्सप्रेशन्स’ का फ्यान भइरहेका छन् ।
उक्त गीतबाट प्रियाको ‘एक्सप्रेशन’ युक्त तस्बिर लिँदै सामाजिक सञ्जालमा पोस्ट गरि प्रियालाई ‘एक्सप्रेशन्स क्वीन’ बनाइरहेका छन् । 
गीतलाई अत्यन्तै मेहनतका साथ छायांकन गरिए तापनि गीतको एक सीन मात्र भाईरल बनिरहेको छ, जसमा मुख्य भूमिका निभाई रहेकी प्रिया आफ्नै विद्यालयमा अध्ययन गर्ने छात्रका साथ आँखा लडाई रहेको देखिन्छ ।
भिडियोमा टीनएजर्स विद्यार्थीहरु बिना शब्द इसाराको भाषामा एक–अर्कासँग कसरी प्रेम दर्शाउँछन् भन्ने देखाउन खोजिएको देखीन्छ । प्रिया प्रकाशको डेब्यू फिल्म ‘उरु अदार लव’ प्रदर्शन अगावै चर्चामा आएको छ । यो फिल्म आगामी मार्च ३ मा प्रदर्शन हुने बताइएको छ ।