Newslaya Home

​यस वर्ष रजनीकान्तका दुई फिल्म, एकको रिलिज मिति तय

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । यस वर्ष भारतीय सुपरस्टार रजनीकान्तका दुई वटा फिल्म  ‘२.०’ र ‘काला’ रिलिजको तयारीमा रहेका छन् । फिल्म ‘२.०’ ले रिलिजको मिति सारिरहँदा ‘काला’को भने प्रदर्शन मिति तय भएको छ । 
फिल्म ‘काला’ को निर्माता धनुषले ट्विट गर्दै अप्रिल २७ मा फिल्म प्रदर्शनमा आउने जनाएका छन् । 
फिल्ममा रजनीकान्त एक पाको उमेरको डनको रुपमा देखिएका छन् । सर्वसाधारणमाथि अत्याचारको विरुद्धमा उनले जुझारु पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रजनीकान्तका साथ नाना पाटेकर, अञ्जली पाटिल, अरविन्द अकाश लगायत कलाकारहरुको अभिनय रहेको छ ।