Newslaya Home

​शिवरात्रि र यसको महत्व

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । अहिले शिवरात्रि भाङ, धतुरो खाने बाटो छेकेर पैसा लिने  पर्वको रुपमा मात्र मान्ने गरिएको छ । तर यो एउटा सस्कृती बिगार्ने गलत प्रवृत्ति हो । धामिर्क रुपले शिवरात्रिको महत्व एकदमै बढी रहेको छ । 
 के छ त शिवरात्रीको महत्व ?
फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्रि मनाउने गरिन्छ । यस चतुर्दशीको दिन शिवजीको पुजा आरधना गरीन्छ ।
शिवरात्रिको दिन चन्द्रमा सूर्यको अधिक निकट हुने मानिएको छ । शिवरात्रि सम्पुर्ण भूतहरुको अस्तित्व मेटेर परमात्मा शिवसँग आत्म साधन गर्ने रात हो । यस दिन जीवरूपी चन्द्रमाको परमात्मारूपी सूर्यको साथ योग रहने मानिन्छ । शिवलाई कल्याणका देवता मान्नेर शिवरात्रिको दिन मानिसहरु ब्रत बस्ने गर्दछन् । 
सृष्टि निर्माणमा एक शक्ति तीन रूपमा आफ्नो कार्यलाई सम्पादन गर्ने मध्येका शिव एक हुन् । ब्रह्माले सृष्टिको निर्माण गर्दछन् भने विष्णुले पालनपोषण गर्दछन् । त्यस्तै शिव संहार गर्दछन् । अर्थात् निर्माणबाट नाशसम्म जगतको चक्र परम सत्ताद्वारा निरन्तर प्रकृतिमा चलिरहेको हुन्छ । 
तीन आँखा
शिवलाई त्रिलोचन पनि भन्ने गरिएको छ । उनको ३ वटा आखाँ छन् भन्ने गरीन्छ । वेदानुसार सूर्य तथा चन्द्र विराट पुरुषको नेत्र हो । अग्नि शिवको तेस्रो नेत्र हो जुन् यज्ञाग्निको प्रतीक हो । सूर्य बुद्धिको अधिदेवता हुन् । यही ज्ञान नेत्र या अग्निबाट नै उनले कामदेवलाई भस्म गरार्इ्दिएका छन् । शिवको यो तीन नेत्र सत्व, रज, तम( तीन गुण, भूत, भविष्य, वर्तमान ( तीन काल तथा स्वर्ग, मृत्यु, पाताल ( तीन लोकको प्रतीकसमेत मानिन्छ ।
गंगा तथा चन्द्रमा
यस उग्रताको निवास मस्तिष्कमा हुने गर्दछ ।  यसका कारण शान्तिको प्रतीक गंगा तथा अर्द्धचन्द्र शिवको शिरमाथि विराजमान रहेर उनकफ उग्र वृत्तिलाई शान्त(शीतल राखेका हुन्छन् । दोस्रो, विषपानको कारण यो जो नीलकण्ठ बन्न पुगे । उसको जलनलाई शान्त गर्नको लागि गंगा तथा चन्द्रमा उत्पत्ति भएका हुन् । चन्द्रमा मनको प्रतीक हो । शिवको मन भोला, निर्मल, पवित्र तथा सशक्त छ । उनका विवेक सदा जाग्रत रहेको छ । उनको मस्तिष्कमा कहिलै पनि अविवेकपूर्ण विचार आउँदैन ।  शिवलाई चन्द्र जस्तै स्वच्छ  तथा उज्ज्वल मान्ने गरिएको छ । 
वृषभ : शिव का वाहन
वृषभ शिवको वाहन हो। उ सधैभरी शिवकै साथमा देखिन्छ । वृषभको अर्थ हो धर्म। मनुस्मृतिका अनुसार ’वृषो हि भगवान धर्मस्’। वेदले धर्मलाई चार खुट्टावाला प्राणी भनेका छन् । त्यसमा चार खुट्टा भनेको धर्म, अर्थ, काम र मोक्ष हो। महादेव यस चार खुट्टावाला वृषभको सवारी गर्दछन् । यानी धर्म, अर्थ, काम तथा मोक्ष उनको अधिनमा रहेको छ । वृषभको एक अर्थ वीर्य तथा शक्ति समेत हो । अथर्ववेदमा वृषभको पृथ्वीमाथि धारक, पोषक, उत्पादक आदि नामले समेत चिन्ने गरिएको छ । यही धातुले वर्षा, सृष्टि आदि शब्द बनेको छ ।