Newslaya Home

​केन्यामाथि नेपालको संघर्षपूर्ण जीतः डिभिजन २ को शीर्ष २ मा पर्ने सम्भावना

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । नेपालको माथिल्लो क्रमका ब्याट्सम्यान सोमबार पनि क्रिजमा जम्न नसकेता पनि नेपालले सोमबार नामिबियामा सम्पन्न डिभिजन २ को क्रिकेट खेलमा ३ विकेटको संघर्षपूर्ण जीत निकालेको छ । यो सँगै नेपालको विश्वकप छनौट खेलमा पुग्ने र एकदिवसीय टीमको मान्यता पाउने सम्भावना समेत बढेको छ। सोमबारको खेलमा डेब्यु गरिरहेका अनिल शाह आफूले खेलेको पहिलोबलमै आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल ९ रन बनाएर पभेलियन फर्के । दिपेन्द्र ऐरी १ रनमाआउटभए भने शरदभेषावकरले १९ रनको योग्दान दिएका थिए ।
कप्तान पारसखड्काले सोमबार पनि आक्रामकइनिङ खेल्दै ४४ बलमा ४२ रन बनाएका थिए । तर रोहित पौडेल र आरिफ शेखले अन्त्यमा समझदारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्याए । आरिफले ४२ रन बनाए भने रोहितले ४७ रन बनाए । आरिफ ४९ औं ओभरमा आउट भए भने रोहित अन्तिम ओभरमा आउट भएका थिए ।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धा्रित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रहेको थियो । नेपालका लागि युवास्पिनरसन्दिप लामिछानेलेफेरि उत्कृष्ट बलिङ प्रदर्शन गरे । १० ओभरमा ५ मेडेनका साथ २० रन खर्चिँदै उनले ५ विकेट लिन सफल भएका थिए ।
केन्याले खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमाबिना क्षति १६ओभरमा ६५रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र कप्तान पारस खड्काले एकएक विकेट लिन सफल भए ।
ब्याटिङतर्फ केन्याका ओपनर इर्फान करिमले सर्वा्धिक ४२ रन बनाए भने ओबान्डाले ४१ रन जोडेका थिए।त्यसबाहेक मिडल अर्डरका कोलिन्स ओबोयुले २७ रन जोड्दा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न भने सकेनन्।