Newslaya Home

दुहवीमा सवारी दुर्घटना, एकको मृत्यु दुई घाइते

मङ्गलबार ०१, फागुन २०७४

दुहवी । सुनसरीको दुहबीमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । 
ईटहरीबाट विराटनगर तर्फं जाँदैको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै रहेका तिनजना पैदलयात्रीलाई ठक्कर दिएको हो । पैदलयात्री सुनसरी बराहा नगरपालिका ६ बस्ने ६५ बर्षीय डेगराज रिजाल, ३० बर्षीय सन्तोष कोईराला र साईकल यात्री दुहवी ४ का १७ बर्षीय रबिन चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाईतेलाइृ बिराटनगरस्थित गोल्डेन अस्पताल र न्युरो अस्पतालमा उपचारका लागि लगिएको छ भने गोल्डेन अस्पतालमा उपचारका क्रममा डेगराज रिजालको ज्यान गएको प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । अन्य २ जनाको उपचार भईरहेको छ ।