Newslaya Home

​उद्योग वाणिज्य संघ पथरीमा वस्नेत निर्वाचित

मङ्गलबार ०१, फागुन २०७४

पथरी ।  उद्योग वाणिज्य संघ पथरीको अध्यक्षमा दिपक वस्नेत निर्वाचित भएका छन् ।
सोमवार भएको  उद्योग वाणिज्य संघको निर्वाचनमा निर्वातमान अध्यक्ष धनकुमार तामाङ्गलाई पराजित गर्दै वस्नेत निर्वाचित भएका हुन् । निर्वाचनको परिणाम अनुसार उपाध्यक्षमा विजय डागी,उपाध्यक्षमा यादव दुलाल, महासचिवमा अशोक साम्पाङ्ग, उद्योग सचिवमा दिनेश पौडेल,वाणिज्य सचिवमा खेमराज ढुङ्गेल र कोषाध्यक्षमा राजेन्द्र वस्नेत विजयी भएका छन् । व्यापारीहरु प्यानल वनाएर चुनावी मैदानमा उत्रिएका थिए । वस्नेतलाई वाम सर्मथित व्यापारीको सर्मथन र थियो भने तामाङ्गलाई नेपाली काग्रेस पक्षधरको सर्मथन  थियो । चार जना सदस्यमा विजयी भएका छन् भने लेखा समितीमा दुई जना सदस्य निर्वाचीत भएका छन् ।