Newslaya Home

​इलामका उद्यमीलाई २५ लाखको अनुदान

मङ्गलबार ०१, फागुन २०७४

इलाम । उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि घरेलु तथा साना उद्योग विकास समिति कार्यालय इलामले  २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । 
जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो ।  उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा  वितरण गरेको छ । जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जानकारी दिएको छ ।