Newslaya Home

​भक्तपुरमा बाघले खायो बच्चा

मङ्गलबार ०१, फागुन २०७४

भक्तपुर । बाघको आक्रमणबाट सूर्र्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा एक बालकको मृत्यु भएको छ ।
सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ ।
पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जनाए ।
बालकको शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि त्यहाँका स्थानीयवासी त्रसित छन् ।