Newslaya Home

​पशुपति क्षेत्रबाट बाबाजीसहित १८ जना पक्राउ

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । शिवरात्रीको अवसरमा पशुपति मन्दिर वरपर  गाँजा बिक्रि गर्ने, सेवन गर्ने र होहल्ला गर्ने बाबाहरु समेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजा खरिद बिक्रि गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताएका छन्। गौशलाको हिरासतमा १२ जना छन् भने महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ । पशुपति क्षेत्रमा चोरी तथा लुटपाट हुन सक्ने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सादा पोशाकमा समेत प्रहरीहरु खटिएका छन् ।