Newslaya Home

​किन गरे किमले दक्षिण कोरियाको प्रशंसा ?

मङ्गलबार ०१, फागुन २०७४

बिबिसि । शीतकालीन ओलिम्पिक्समा आफ्ना उच्च अधिकारीले सहभागिता जनाएपछि उत्तर कोरियाली नेता किम जङ–अनले दक्षिण कोरियासँग आफूले मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन् ।
सरकारी समाचार संस्थाले आफ्नी बहिनीसहितको उक्त प्रतिनिधिमण्डल प्योङयाङ फर्किएपछि किमले उनीहरूबाट प्रतिवेदन लिएको उल्लेख गरेको छ ।
उनले सोलको सकारात्मक प्रयासका लागि धन्यवाद दिएका छन् ।
तर उक्त समाचार संस्थाले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई वार्ताका लागि प्योङयाङ आउन उत्तर कोरियाली नेताले दिएको निम्तोबारे भने केही उल्लेख गरेको छैन ।