Newslaya Home

​तक्मे बुढा सवार गाडी दुर्घटना

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) सवार गाडी दुर्घटनामा परेको छ । सोमबार मोरङको ‘मधुमल्ला महोत्सव’ सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती १२ बजे कार दुर्घटनामा परेको हो ।
कुकुरलाई बचाउने क्रममा गाडी दुर्घटना भएको निर्माता तथा कलाकार राजेश घतानीले जानकारी दिए । बा १७ च ९१०२ नम्बरको गाडीमा विल्सनसहित फिल्म ‘फुर्के नं. १’ का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए ।
दुर्घटनामा गाडीमा सवार कसैलाई पनि धेरै क्षती नभएको जनाइएको छ । गाडी भने पूरै पल्टिएको छ । तक्मे बुढा आफैंले कार चलाएका थिए ।