Newslaya Home

​दुर्घटना परेको स्कारपियोको नम्बर फेरियो

मङ्गलबार ०१, फागुन २०७४

धरान । धरान–१२ छाताचौक नजिकै दुर्घटना परेको स्कारपियोको नम्बर रातारात परिवर्तन गरिएको छ ।
स्कारपियोको नम्बर परिवर्तन गर्दै गरेको समयमा प्रहरीले पक्राउ गरेपछि उक्त कुरा खुलासा भएको हो । दुर्घटना हुँदा सो गाडीको नम्बर को १ च ९६८० रहेको थियो भने दुर्घटनापश्चात बा १४ च ७४८५ नम्बरको नम्बर प्लेट हालिएको थियो ।
अत्यधिक मादक पदार्थ सेवन गरी चलाएको गाडी सोमबार बिहानको राति पोलमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा स्कारपियो चलाइरहेका चालक धरान–९ का प्रविणकुमार ताम्राकार घाइते भएका थिए ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ताम्राकारको आँखामा चोट लागेको छ । स्कारपियोको सवार अन्य ६ जना सामान्य घाइते भएका थिए । स्कारपियोमा सात जना सवार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । तर, अनुसन्धानबाट गाडी चोरीको नभएको खुलेको पौडेलले बताए ।