Newslaya Home

​अक्षयको ‘प्याडम्यान’ फ्लप

मङ्गलबार ०१, फागुन २०७४

नयाँ दिल्ली । अक्षय कुमार अभिनीत चलचित्र ‘प्याम्यान’ फ्लप भएको छ । 
महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको सामाजिक विषयमा बनाइएको यो चलचित्रले ६० करोड बजेटमा बनेको हो । बक्स अफिसमा सुरुवातको चार दिनमा यसले ४५ करोडको व्यापार गरिसकेको छ । 
दर्शकका साथै समीक्षकहरुबाट समेत राम्रो प्रतिक्रिया बटुलिरहेको चलचित्रले भारत बाहिर पनि राम्रो कमाइ गरिरहेको छ । तर, पनि ‘प्याडम्यान’ पछिल्लो चार वर्षमा आएका अक्षय कुमारका फिल्ममध्ये कमाइको हिसाबले सबभन्दा कमजोर साबित भएको छ ।
‘प्याडम्यान’ पछि अक्षय फिल्म ‘गोल्ड’ मा देखिनेछन् । रीमा कागतीले निर्देशन गरेको ‘गोल्ड’ को निर्माता रितेश सिधवानी र फरहान अख्तर हुन् । यो फिल्ममा सानो पर्दाकी लोकप्रिय अभिनेत्री मौनी रायले बलिउडमा डेब्यू गर्दै छिन् भने अमित साध पनि मुख्य भूमिकामा देखिनेछन् ।