Newslaya Home

​पथरीशनिश्चरेमा जारी नगरकपमा वडा नम्बर ३ विजयी

मङ्गलबार ०१, फागुन २०७४

पथरी । मोरङको पथरीशनिश्चरेमा जारी तेस्रो नगरकप फुटवल प्रतियोगिता अन्तरगत मंगलवारको खेलमा वडा नम्वर ३ विजयी भएको छ । खेलमा वडा नम्वर ३ ले वडा नम्वर ७ माथी ६–१ गोल अन्तरको जित हात पारेको हो । जितसँगै विजयी टोली वडा नम्बर ३ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  खेलको म्यान अफ दि म्याच वाड नम्वर ३ का दिलकुमार लिम्वु भए । आफ्नो टीमका लागि ह्याट्रिक पुरा गरेका उनले नगद ५ सय र ट्रफि हात पारे । अब वडा नम्बर ३ ले क्वाटरफाइनलमा वडा नम्बर ८ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बुधवारको खेल वडा नम्वर ५ र ९ विच हुनेछ । फाइनल खेल भने फागुन ७ गते हुनेछ ।