Newslaya Home

इटहरीमा माध्यमिक विद्यालय स्तरीय भलिवल सुरु

मङ्गलबार ०१, फागुन २०७४

इटहरी। इटहरीमा मंगलबारदेखी सुनसरी जिल्ला स्तरिय दोस्रो अन्तर माध्यमिक विद्यालय भलिवल प्रतियोगिता सुरु भएको छ । इटहरीमा रहेको सक्रेट हार्ट इङ्ग्लिस स्कुलको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । 
प्रतियोगितामा मंगलबार छात्र–छात्राका गरी जम्मा ८ खेल सम्पन्न भएका छन् । छात्रतर्फ भएको पहिलो खेलमा सुनसरी क्रिष्टल स्कूलले सेक्रेटहार्ड बोर्डिङलाई पराजित गर्दा दोश्रो खेलमा तरहरा मोडल स्कूलले बेबीलोन स्कूललाई पराजित गरेको छ । यस्तै तेश्रो खेलमा क्षेत्रिय प्रहरी आवाशीय विद्यालय धरानले भृकुटी स्कूल इटहरीलाई पराजित गर्दा अन्तिम खेलमा प्याराडाइज स्कूल तरहराले सेतो बंगला स्कूल इटहरीलाई पराजित गरेको छ । 
   यस्तै मंगलबार नै सम्पन्न छात्रातर्फको पहिलो खेलमा हाम्रो बोर्डिङ स्कूल इटहरीले पिसजोन स्कूलाई पराजित गर्दा दोश्रो खेलमा ब्राइट फ्युचर स्कूलले आयोजक सेक्रेटहार्ड ए लाई पराजित गरेको छ । यस्तै तेश्रो खेलमा युनाइटेड गोर्खा एकेडेमी धरानले समिट स्कूल धरानलाई पराजित गर्दा अन्तिम खेलमा सेक्रेटहार्ड बी ले डिपो स्कूल धरानलाई पराजित गरेको छ । बुधबार छात्रतर्फ ७ र छात्रा तर्फ ५ खेल हुने आयोजक सेक्रेटहार्ड विद्यालयका प्रिन्सीपल डिककुमार तामाङले जानकारी दिए । प्रतियोगिताको मंगलबार बिहान एक कार्यक्रमका बिच इटहरीका नगर शिक्षा अधिकारी प्रमोद कोइरालाले उद्घाटन गरे ।
प्रतियोगितामा सुनसरी जिल्लाका १७ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले ११ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार नगद राशी सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।