Newslaya Home

​कविता : फेब्रुअरी १४ अर्थात तिम्रो जन्म दिन

- गिरिराज बाँस्कोटा
बुधबार ०२, फागुन २०७४

लालीमा मुस्कानको आचल अघि
प्रिय सम्वोधनको अनमोल रेखा कोरेर
अञ्जुली भरी मायाको सुवास 
केहि थुंगा गुलावी पदचिन्हहरु 
केहि प्रेमील शब्दहरु तिम्रो लागि
प्रेमको अनुपम श्रृखलावाट 
तिम्रो जन्म दिनमा
जुन दिन तिम्रो पैतालाको अनुभव धरर्तीले गरेथ्यो 
त्यहि दिनवाट हाम्रो सम्वन्ध प्रेमील भएको हुनु पर्छ
हाम्रो  प्रेमको पहिलो र अन्तिम सुरुवात यहिवाट भयो
कथाले जहाँ सम्म माग्यो त्यहासम्म पुगौला 
रेखाहरु जता जता वद्लीउन त्यतै त्यतै कुदौला
रश्मिहरु जता फैलिउन त्यतै त्यतै उदाउला  
यस्तै सम्झौता भएको हुनु पर्छ सोहि दिन 
त्यहि भएरत सायद कहिले क्षितीज वारी भइन्छ ,कहिले पारीपनि
मलाई सुनसान मन पर्छ 
त्यहि वाट प्रष्ट देखिन्छ तिम्रो विशाल चेहेरा
ओ प्रिया सञ्जीवनी 
तिम्रो वर्षदिने सम्झनाको चमकेदार दिनमा 
केहि सुनसान चाहिएको छ मलाई
र तिमिलाई मन पर्ने प्रिय उपहार
जो वजारमा किनेर पाइदैन 
प्यासिला आँखाहरु 
सुमधुर सम्बन्धको आचल ओडि 
निस्वार्थ बग्छन्
साच्चै निर्दोष छन् 
र कति धेरै समर्पीत छन पनी 
शब्दको चलखेल 
आत्मियताको लामो तर गहिरो सम्वन्ध 
निलो आचलको लोभलाग्दो आगन 
कहिले काहि सुनखरी टिप्न मन लाग्छ 
कहिले काहि जुन वोक्न मन लाग्छ
तिम्रो निम्ति 
आहा 
अनुपमताको नवितम प्रेमीलबोधता
जटिलता भन्दा अलि पर 
जिवन चिनाउनका निम्ति 
कति कसरत गर्छन 
तिम्रो जन्म दिनको पेरीफेरीमा
तिम्रो कर्मदिनको उदाउदो चन्द्रमा मा
रोमीयो जुलीयट सपना चित्रहरु
एकान्तको सहवास भित्र
कति पोखिन्छन्
अविछिन्न साईनो गाँस्ने रहरमा 
गुलाफ भित्र जिवन रोज्ने प्रयासमा 
गीत बनेर बग्छ सम्बन्ध 
सिकाउछ खुसी नजिक पुग्न 
र लगाउछ चुम्बकिय प्रेम तत्वमा 
त्यहि भएरत तिम्रो सुन्दरता वर्षेनि चौगुणाले वढि रहेछ 
मायाका  गीतहरु सँग
सृगारीक रेखाहरुको स्वप्नीलता 
प्रत्येक वर्ष आउछ जन्मदिनको प्रिय भोगाई 
सौभाग्यले तिम्रो जन्मदिन प्रेमील उत्सवमा पर्छ 
कोटी कोटी सुभकामना 
हुन त तिम्रो मायामा प्रत्येक दिन उत्सवमय छन्
त्यहिभएर पुजाँ योग्य स्निग्ध वन्छु 
नयनहरु कोमल हुन्छन् 
भोगाईहरु तृप्त हुन्छन् 
सम्झनाको फराकिलो चित्र भित्र यो दिल मगमगाएर हास्छ
यो दिन मगमगाएर वाच्छ 
फेब्रुअरी १४ अर्थात तिम्रो जन्म दिन