Newslaya Home

​अब कृषिसम्बन्धी जानकारी इन्टरनेटमा

सोमबार ०७, फागुन २०७४

काठमाडौं । कृषि तथा सहकारी मन्त्रालयले नेपाली किसानहरूलाई घरमै बसेर कृषिसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने तयारी थालिएको छ ।
मन्त्रालयले त्यस्ता जानकारीहरूलाई वेबसाइटमा समावेश गर्ने भएको छ । सो व्यवस्था सम्पन्न भएपछि नेपाली किसानले घरको कम्प्युटर खोलेर कृषिसम्बन्धी सूचना हासिल गर्न मन्त्रालयका प्रवक्ता डा. हरि दाहालका बताए ।
त्यस वेबसाइटमा जिल्लागत कृषिजन्य वस्तुको बजार भाउ, खरिद भएको वस्तुको परिमाण, निकासी वा आयात भएको परिमाण, कृषि उत्पादनमा लाग्ने कीराको व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय, कृषि प्रविधिलगायतका जानकारीहरूलाई समावेश गरिने मन्त्रालयले जनाएको छ ।
त्यसका लागि मन्त्रालयका सचिव गणेशकुमार केसीको अध्यक्षतामा कृषि सूचना प्रविधि समिति गठन गरिएको प्रवक्ता दाहालले बताए ।
कृषि सूचना प्रविधिको उपयोगलाई प्रभावकारी तुल्याउन यस्तो सेवाको विकास गर्न थालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार कृषि विकासको क्षेत्रमा सूचना तथा सञ्चारका प्रविधिहरूको उपयोग अभिवृद्धि गर्न ज्ञानमा आधारित कृषि क्षेत्रको विकास गर्ने, डिजिटल प्रविधिमा कृषि सूचनाका विषयवस्तुहरू निर्माण गर्ने, कृषि क्षेत्रको ज्ञान र प्रविधिहरूलाई विद्युतीय रूपमा सूचीकृत गर्ने, ग्रामीण टेली सेन्टरहरूको स्थापना र व्यवस्थापन कार्यमा सहयोग र्पुयाउने छ ।