Newslaya Home

प्रदेश १ मा राजनीति गर्ने शिक्षकले जागिर छाड्नुपर्ने (भिडियो अन्तर्वार्ता)

शुक्रबार २५, फागुन २०७४

विराटनगर । प्रदेश नं. १ का शैक्षिक संस्थामा राजनीति हुन नदिने प्रदेश मन्त्री जीवन घिमिरेले बताएका छन् । उनले शिक्षक र स्कुलमा राजनीति बन्द गरिने बताएका हुन् । 
उनले आफूहरुले नै पहिला विद्यालयमा राजनीतिलाई प्रश्रय दिएपनि अब भने विद्यालय र शिक्षालाई राजनीति मुक्त गर्ने बताएका हुन् ।
‘शिक्षकहरुलाई राजनीतिमा लगाउने पनि हामी नै हौं, विद्यार्थीहरुलाई नाराजुलुस लगाउनेपनि हामी नै हौें,’ न्यूजलयसँगको कुराकानीमा मन्त्री घिमिरेले भने, ‘अब त्यस्तो हुनु हुँदैन, विद्यालयलाई राजनीतिमुक्त गर्नुपर्छ ।’
उनका अनुसार राजनीतिमा लागेका शिक्षकहरुले राजनीति वा शिक्षणमध्ये एक रोज्नुपर्नेछ । ‘शिक्षक बनेर राजनीति गर्दै आएकाहरुले राजनीति नै गर्नुहुनेछ,’ उनले भने, ‘वहाँहरुको ठाउँमा नयाँ मानिस आउँछन् ।’
घिमिरेले विद्यालय तहमा राजनीतिक गतिविधिसमेत निषेध गरिने बताए । उनले विद्यालयका बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्ने क्रम रोकिनुपर्नेमा जोड दिएका छन् । ‘अब विद्यालयस्तरका संगठनहरु खुल्नेछैनन्,’ उनले भने, ‘राजनीतिलाई क्याम्पस तहमा मात्र सिमित गरिनुपर्छ ।’
विभिन्न ७ वटा मन्त्रालयको काम सम्हालेका घिमिरेले आफू पनि बाल्यकालदेखि नै राजनीतिमा लागेको बताउँदै अब भने आफ्ना छोराछोरीहरुलाई राजनीतिमा नलगाउने बताए ।
‘म आठ कक्षा पढ्दा नै राजनीतिमा लागेँ, त्यो बेला राष्ट्रिय आवश्यकता थियो,’ उनले भने, ‘हाम्रो पुस्ताले त्यो खालको बलिदानी नगरेको भए आजको परिवर्तन सम्भव थिएन, तर आजको आवश्यकता त्यो होइन ।’ 
उनले अधिकार प्राप्तीको लडाई एक हदसम्म पुरा भइसकेकोले स्कुले विद्यार्थी र शिक्षकले राजनीतिमा लाग्ने वा मजदुर बन्द हड्तालमा लाग्ने आवश्यकता नभएको समेत बताए ।
प्रदेश सरकारले भरखरै सार्वजनिक गरेको सय दिनको योजनाअनुसार उच्च दक्ष जनशक्ति उत्पादनका लागि गैह« प्राविधिक विषयमा ३०% र व्यवसायिक तथा प्राविधिक विषयमा ७०% ले जनशक्ति विकास गरिने लक्ष्य लिएको छ ।
यस्तै सामुदायिक तथा निजी विद्यालयहरुमा मनोमानीरुपमा शुल्क निर्धारण गर्ने प्रवृत्ति रोक्न आवश्यक
कदम चालिनेसमेत उनले बताए ।

6 प्रतिकृयाहरू प्राप्त
  • सुर्य थापालेख्नुहुन्छ
  • |
  • शुक्रबार २५, फागुन २०७४ ०६:०६
निजि विध्यालयकाे शुल्क हाेईन भर्ना शुल्क मात्रै मिनाहा गराउने मन्त्री जनतालाई चाहिएकाे छ लाै तपाईंको पालामा यत्ति गरेर देखाउनु पर्याे मन्त्री ज्यु,
  • एस, अार, भट्टराईलेख्नुहुन्छ
  • |
  • शुक्रबार २५, फागुन २०७४ ०७:०७
पहिले तिनै शिक्षकलाई राजनिति गर्न लगाएर भर्याङ्ग चढेर माथि पुगियाे अब भर्याङ्ग लडाउने ? नेताजीहरुकाे स्वार्थ पूरा भईसकेछ ? राजनितीमा यहि हुन्छ भन्ने कुरा हामी सर्वसाधारणलाई भने पहिले नै धन्न थाहा थियाे ।
  • Sitaramलेख्नुहुन्छ
  • |
  • शुक्रबार २५, फागुन २०७४ ०७:१४
Mantri jiu aaphanai bata thalam la
  • दीपक भट्टराईलेख्नुहुन्छ
  • |
  • शनिबार २६, फागुन २०७४ ०७:४२
मंत्री ज्यु , यो कमेन्ट गर्नु परेकोमा म स्वयंम दुखी छु, तर यस्ता उड़न्ते कुरालाई चै घाममा सुकाईदिम।
  • Yuvaraj Dhunganaलेख्नुहुन्छ
  • |
  • शनिबार २६, फागुन २०७४ ०९:३८
मन्त्रि ज्यु अब शििक्षकलेतपाईं लाइ जित्ने भए भनेर डर लाग्यो ? नत्र आज सम्म भएको भोलि किन नहुने तपाईं बाहिर हुदा एकशब्द सुन्न पाएको भए पो बिस्वास गर्नु.
  • रमेश बस्नेतलेख्नुहुन्छ
  • |
  • आइतबार २७, फागुन २०७४ १०:२१
सहि कुरा, तर गफ होइन काम हेर्न चाहान्छू ।