Newslaya Home

बाझा रहरहरु

मदन माइलो
बुधबार ३०, फागुन २०७४

कविता :
आज पनि एउटा सानो थोपा
 मन मस्तिस्क भित्र को
त्यो
उकुसमुकुस मडारीएको बादल बाट
रहरहरुको छायाचित्र
खसाले
चैत मासको खडेरी झै तिमी
अनी
मरुभुमी झै मन भएको
खोक्रो समाजका बिचमा
त्यो रहरको एक थोपा अङ्स
आकासमा सानो टुक्रो 
बादलझै
बिलयन भयो

प्रतेक रात सपनिमा
रहरका बिजहरु रोप्छु
म फल्ने आसा सरी
अनी फुल्छु पारिजात झै
उड्छु एक नादान चरि झै
रमाउछु भिन्दै संसारमा
तर जब
स्वप्न संसार भत्कन्छ
देख्छु
हजारौका रहरहरु 
मेराझै सुकेको
सुकेको झार जस्तै
यत्र तत्र छरिएको

..... देख्छु
झुटको खेतिहरु लहराएको
अनि 
मनमा भिन्दै नैराष्यता पलाउछ
नया अठोट पलाउछ
बरु सहन्छु अलिकती पिडा
रहन्छु चोटकै आडमा
रुवाउछु आफ्नै मनलाई
राख्छु सजाउछु सिर्फ आफ्नै मनमा 
यि मेरा बाझा रहरहरु...
           

 

1 प्रतिकृयाहरू प्राप्त
  • niraj pandeyलेख्नुहुन्छ
  • |
  • बुधबार २८, चैत २०७४ ०१:२२
पलासको फुलको सोन्दर्यता देखि रसाउनेहरु पल पलमा मुर्छित हुन्छन ।हरेक क्षण खास बस्तुको आस गर्नेहरु,चन्चलित हुन्छन ।नमान पिडा नछट्पपट्टि,आनन्दित बनुन न।।।।